काठमाडौं– सुन्दरीजल काठमाडौं नजिकको चर्चित हाइकिङ गन्तव्य हो। छुट्टीका दिन सुन्दरीजलमा वनभोज जाने परम्परा त निकै लामो छ। अचेल कोरोना महामारीका कारण वनभोज जाने त्यति भेटिँदैनन्। १२८० मिटर उचाइमा रहेको यो क्षेत्र वरपर रमाइलो प्राकृतिक वातावरण छ।काठमाडौं उपत्यकामा यहींबाट खानेपानी ल्याइएको छ भने मेलम्चीको पानी पनि सुन्दरीजलमै ल्याएर राजधानीको खानेपानी वितरण प्रणालीमा मिसाइएको छ।
भक्तपुरको चाँगुनारायण–सुन्दरीजल चल्तीको हाइकिङ रुट हो। यसको दुरी करिब १९ किलोमिटर छ। सुन्दरीजलबाट पुगिने चिसापानी यो रुटको रमाइलो गन्तव्य हो। सिन्धुपाल्चोक, काठमाडौं र नुवाकोटको सीमा क्षेत्रको चिसापानी क्षेत्रमा पर्यटकको चहलपहल भइरहन्छ।
राष्ट्रिय निकुञ्जभित्रको धाप भन्ने ठाउँमा ताल निर्माणाधीन छ। झण्डै एक वर्ग किलोमिटरमा फैलने ताल निर्माण भएपछि बागमतीमा प्रतिसेकेन्ड ४० लिटर सफा पानी थपिनेछ। सँगै शिवपुरी डाँडामा अर्को झण्डै ९ वर्गकिलोमिटरको नागमती ताल बनाउन वातावरणीय अध्ययन पनि भइरहेको छ। वर्षायाम भएकाले यस क्षेत्रमा पुग्ने पदमार्गी त्यति धेरै भेटिँदैनन्। सहरबाट यस क्षेत्रमा पुग्दा प्राप्त हुने आनन्दचाहिँ अलौकिक छ। यहाँको प्राकृतिक सौन्दर्य, चराचुरंगीको आवाज र चिसो हावापानीले सबैलाई आकर्षित गर्दछ।
-1629017604.jpg?p=1200&s=984a5fac7dc1f4313fa910a929800bbc)
-1629017603.jpg?p=1200&s=868e2c918471a1fab72067d571335721)
-1629017604.jpg?p=1200&s=48a46869f66d0a7bf9ad222f5a1b86c7)
-1629017604.jpg?p=1200&s=d386582b4b696b80c5f287395e1d0a40)
-1629017603.jpg?p=1200&s=9c001267c74f632d5f0100fbbeb7fefc)
-1629017604.jpg?p=1200&s=5b83cdee1b180c9e80fd86e21ed37182)
-1629017604.jpg?p=1200&s=bdfe49079501a44016062a18e446c6f0)
-1629017603.jpg?p=1200&s=03e63d3496e40faaea4e9f580f0855c3)
-1629017603.jpg?p=1200&s=cc449775e47637980415fe49c1ac2964)