मंगलबार, चैत २४, २०८२

सुदूरपश्चिम खप्तड गोल्डकपलाई नेपाल आइसको साथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपलाई नेपाल आइसले साथ दिने भएको छ । घरेलु फुटबलको सर्वाधिक ठुलो धनराशीको फुटबल प्रतियोगितालाई नेपाल आईसले मुख्य प्रायोजनमा निरन्तरता दिएको हो । 

आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमाल र सिजीको प्रतिनिधि प्रदीप पुडासैनीले काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पुडासैनीले देशकै ठुलो धनराशिको भएको प्रतियोगितालाई प्रायोजन गर्न पाउनु आफैमा एक गौरवको बिषय भएको बताएका छन् । सुदूरपश्चिम जस्तो ठाँउमा देशकै ठुलो धनराशिको फुटबल प्रतियोगिताले हुने सुदूरपश्चिमको विकासमा ठुलो सेवा पुग्ने समेत बताए ।

पुस २४ बाट माघ ५ गतेसम्म संचालन हुने प्रतियोगितामा ए डिभिजन लिगका क्लब सहित भारतको टिमले समेत सहभागिता जनाउनेछ । विभिन्न गरी १२ टिमको सहभागिता रहने भएपनि दुई टोलीको केहि दिनमै टुङ्टो लाग्ने आयोजक हमालले जानकारी दिए । 

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।