आइतबार, जेठ १७, २०८३

बाढीपहिरोको विपद्‍मा परेकालाई नाडाको सहयोग

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी पहिरोको विपदमा परेकालाई सहयोग गरेको छ।

National life

नाडाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ।

अनपेक्षित अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो।

नाडाले विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको कम्पनीले जनाएको छ।

 

Shivam cement

प्रकाशित: Sep 29, 2024| 14:17 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्