मंगलबार, चैत २४, २०८२

संकटा र थ्रीस्टारमा को बन्ला दोस्रो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- दुई खेल अगावै मनाङ मस्र्याङ्दी क्लबले लिगको उपाधि जित्दा संकटा र थ्री स्टार क्लब दोस्रो स्थानका लागि दौडमा रहेको छन् । यस सिजन गरि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि आठौं पटक जित्दै मनाङले कीर्तिमानी रच्यो । 

जारी लिगमा बलियो दाबेदार देखिएको संकटालाई ११ औं चरणको खेलमा ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो । अब लिगमा दोस्रो स्थानको टुङ्गो लाग्न बाँकी छ । 

लिगमा दुई खेल बाँकी रहँदा संकटाको २५ अंक रहेको छ भने अर्को प्रतिद्वन्द्वी थ्री स्टारको २३ अंक रहेको छ । यता विभागिय टोली क्रिभुवन आर्मी क्लबको २१ अंक छ । लिगमा दोस्रो स्थानमा रहेको संकटा बाँकि दुई खेलमा राम्रो प्रदर्शन गरेर दोस्रो स्थानमा अढिक रहनेछ । 

यदि त्यस्तो भएको खण्डमा थ्री स्टारले तेस्रो स्थानमा चित्त बुझउनु पर्ने छ । संकटाले एक खेल बराबरी वा हार तथा एक खेलमा विजय भएमा पनि संकटा उपविजेता बन्ने सम्भावन बढि छ । तर, यता थ्री स्टारले दुबै खेल जिल्नै पर्ने हुन्छ । 

किनकी थ्री स्टारलाई आर्मिले पनि पछ्छाई रहेको छ । यदि थ्री स्टार कुनै एक खेलमा चिप्लिए र आर्मीले दुबै खेलमा विजय भए थ्री स्टार झन तल झर्ने छ । तर, लिगको दोस्रो र तेस्रो टोली  को हुनेछ त्यो भने १२ औं र १३ औं चरणको खेल प्रदर्शनले बताउने छ । 

किनकी संकटाले बाँकि दुबै खेलमा सामान्य प्रदर्शन गरेमा थ्री स्टार र आर्मिले माथि उक्लने मौका पाउनेछन् । लिगका १२ औं चरणका खेलहरुमा पहिलो दिन अर्थात पौष १६ गते विभिन्न ३ खेलहरु हुनेछन् । 

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा २ खेल र एपीएफ मैदान हल्चोकमा एक खेल हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा गर्ने छन् । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै दिउँसो २ः३० मा हुने खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइजबीच जावलाखेल प्रतिस्पर्धा हुनेछ । त्यहि समय हलचोकमा जाउलाखेल युथ क्लब र त्रिभुवन आर्मि क्लब प्रर्तिस्पर्धा गर्ने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।