मंगलबार, चैत २४, २०८२

एनएनआईपीए स्पोर्ट्स अवार्ड : कमल र अनु सर्वोत्कृष्ट खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भारोत्तोलनका कमलबहादुर अधिकारी र करातेकी अनु अधिकारीले एनएनआईपीए स्पोर्ट्स अवार्ड- २०७४ को मुख्य विधा सर्वोत्कृष्ट खेलाडीको अवार्ड शुक्रबार जितेका छन् । अवार्डसँगै दुवैले जनही १ लाख नगद पुरस्कार पाएका छन् । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्रदान गर्दै आएको अवार्डअन्तर्गत नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तले गजराज जोशी आदर्श खेलाडी अवार्ड प्राप्त गरे । 

एनएनआईपीए खेल पत्रकारिता अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष एवं बीबीसी नेपाली सेवाका खेल पत्रकार निरञ्जन राजवंशीले पाए । गुप्त र राजवंशीले समान २५-२५ हजार नगद पुरस्कारसँगै रुट्सबाट समान १०-१० हजारको गिफ्ट हात पारे ।

गत वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका खेलाडीलाई पुरस्कृत गरिएको हो । फुटबलकी सावित्री भण्डारी, पौडीकी गौरिका सिंह, भलिबलका इम राना मगर, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङकी विमला श्रेष्ठ, भारोत्तोलनका कमलबहादुर अधिकारी, लनटेनिसका प्रणव खनाल, सफ्ट टेनिसका युकेश योञ्जन, कबड्डीका नागेश्वर थारु, 

फेन्सिङका जंग गिरी, हक्कीका मनोज चौधरी, स्क्वासकी भावना सुनुवार, सेपाकताक्रोका रुपेश सुनार, साइक्लिङका नारयाणगोपाल महर्जन (स्वर्गीय), खोखोका सन्तोष बोहरा, बास्केटबलका मानेश राजोपाध्याय, राष्ट्रिय तेक्वान्दोकी सुनिता तामाङ, ब्याडमिन्टनकी नङ्शल तामाङ, ट्रायथलनका बसन्त थारु, ह्यान्डबलकी बन्दना राई, करातेकी अनु अधिकारी, जुडोकी मनीता श्रेष्ठ प्रधान, तेक्वान्दोकी अस्मिता खड्का, 

उसुका अमर सुनार, आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपा बुढा, गोल्फका टंकबहादुर कार्की र कुस्तीकी माया लोहराले उत्कृष्ट खेलाडी अवार्डका साथै जनही १०-१० हजार नगद पुरस्कार हात पारे । खेलाडी संघले ५ हजार र सम्बन्धित खेलका संघले ५ हजार गरी १० हजार प्रदान गरिएको हो । यी २९ खेलाडीमध्येबाटै एक-एक सर्वोत्कृष्ट पुरुष-महिला खेलाडीको चयन गरिएको हो ।

अवार्डकै अवसरमा एएफसी महिला ओलम्पिक २०२० क्वालिफायरको दोस्रो चरणमा पुग्न सफल राष्ट्रिय महिला फुटबल टिमलाई विशेष सम्मान गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।