शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

१३ करोड ६६ लाखमा बनेको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

 |  मंगलबार, असोज ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ।

triton college

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार १३ करोड ६६ लाख रूपैयाँ लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो। निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिए।

भवन निर्माण कम्पनीका इन्जिनियर अरविन्द मण्डलका अनुसार नयाँ भवनमा अस्पतालले विद्युत् जडान नगरेकाले हस्तान्तरणमा समस्या भएको बताए। उनका अनुसार भवनको रंगरोगन र ‘फिनिसिङ’लगायतका काम सम्पन्न भइसकेको छ।

अस्पतालको भवन सञ्चालनमा आएसँगै त्यहाँ कार्यरत चिकित्सकलाई आवास र बिरामीलाई पनि थप सहज हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए। भवन हस्तान्तरण गर्नेबित्तिकै बिरामीलाई सोही भवनबाट आईसीयूसहित अन्य स्वास्थ्य सेवा प्रदान गरिने उनले जानकारी दिए। रासस

प्रकाशित: Sep 24, 2024| 20:01 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको...