मंगलबार, असार २३, २०८३

फरवार्ड रेखा पौडेलसहित १७ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं – राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन्। राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जनाको प्रारम्भिक छनोटबाट घटाएर २८ खेलाडीलाई मात्रै पहिलो चरणको छनोटमा कायम राखेपछि उनीहरु बाहिरिएका हुन्।

एन्फाले सन् २०२२ मा हुने एएफसी कपको छनोट खेलका लागि अहिले बन्द प्रशिक्षण गराइरहेको छ। छनोटमा नेपाल फिलिपिन्स र हङकङ रहेको समूह एफमा छ।

छनोट खेल उज्वेकिस्तानमा हुने निश्चित भइसकेको छ। ‘एघार खेलाडी अहिलेको बन्द प्रशिक्षणबाट बाहिरिएका छन्। बाँकी छ मध्ये पाँच जना नेपाल पुलिस टिमका खेलाडी परीक्षामा रहेकाले प्रशिक्षणमा थिएनन्। एक खेलाडीलाई कोभिड पोजेटिभ देखिएको छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले भनेको छ।

नियमित प्रशिक्षणमा रहेका खेलाडी

अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, सविता राना, सरु लिम्बू, शर्मिला थापा, अन्जली वाइवा, बिमला बिके, मञ्जली तामाङ, निशा थोकर, प्रिती राई, पुजा राना, पुजन जर्घ मगर, रजनी थोकर, बिमला चौधरी, दिपा राई, गिता राना, हेमा चौधरी, मनिष राउत, रश्मी घिसिङ, रेनुका नगरकोटे, सृजना सिंह, हिरा कुमारी भुजेल र इन्दिरा राई

गोलकिपरः अन्जना राना मगर, एन्जिला तुम्बाप्पो, उषा नाथ

प्रकाशित: Aug 15, 2021| 14:32 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।