एजेन्सी- ब्राजिलियन तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेइमारले बार्सिलोना फर्किन चासो देखाएको खुलासा भएको छ । नेयमारले बार्सिलोना फर्कन आफ्ना आधिकारिक वार्ताका लागि प्रतिनिधि खटाएको दाबी गरेके छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बार्सिलोना क्लबको स्रोत उद्धृत गर्दै नेइमारले पहिलोपटक स्पष्ट रूपमा बार्सिलोना फर्किने इच्छा देखाएको उल्लेख गरिएको छ ।
नेइमार २ वर्षअघि अप्रत्यासित रूपमा बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । तर, अहिले पिएसजीमा उनी खुसी नरहेको र यो सिजनपछि उनले क्लब छाड्न चाहेको चर्चा चल्दै आएको छ ।
पिएसजीले नेइमारलाई सहजै छाड्ने अवस्था भने छैन । यद्यपि, पिएसजीमा फ्रेन्च खेलाडी केलियन एमबाप्पेको उदयले नेइमारको भविष्य संकटमा पर्ने देखिएपछि नेइमारले पेरिस छाड्ने मनस्थिति बनाएको चर्चा गत वर्षदेखि नै चल्दै आएको छ ।
अहिले नेइमारका लागि रियल मड्रिडले पनि विशेष चासो दिइरहेको छ । तर, नेइमार बार्सिलोना फर्किन र रियल मड्रिड जान दुवै भने सजिलो देखिँदैन ।
तर, नेइमारलाई बार्सिलोना फर्किन भने सजिलो छैन । खबरमा यो पनि दाबी गरिएको छ कि, नेइमार व्यक्तिगत कामको सन्दर्भमा बेला-बेला स्पेन जाने गरेका छन् । र, उनले बार्सिलोनाका पूर्वटिममेट तथा क्लबका आफू निकट अधिकारीसँग भेट गर्ने गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४