सोमबार, साउन ११, २०८३

सरस्वतीमाथि आर्मीको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली आर्मी क्लबले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई ४-० को फराकिलो अन्तरले परमजित गर्दै सहज जित निकालेको हो । 

आर्मीको जितका लागि कप्तान भरत खवासले २ र नवयुग श्रेष्ठले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । सरस्वतीविरुद्ध खेलको छैटौं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

उनले दिपक गुरुङको पासमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । खेलको ३० औं मिनेटमा कप्तान भरतले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । 

त्यसपछि दोस्रो हाफमा भरतले व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता तेब्बर पारे । उनले खेलको ६२ औं मिनेटमा हेडमार्फत गोल गरेका तिए । त्यसपछि खेलको ८० औं मिनेटमा एक आत्मघाती गोलको उपहार पाउँदै आर्मीले ४-० को सहज जित निकालेको हो । 

यस जितसँगै आर्मीले ११ खेलबाट २१ अंक जोडेको छ । आर्मी लिगको चौथो स्थानमा छ । १० अंक जोडेको सरस्वती दशौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।