सोमबार, चैत २, २०८२

अमेरिकी विश्वविद्यालयमा कुलचन्द्र गौतमको पुस्तक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अमेरिकाको अग्रणी  वाणिज्यशास्त्र विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माइ जर्नी फ्रम दि हिल्स अफ नेपाल टु दि हल्स अफ युनाइटेड नेशन्स’ लाई आफ्नो पाठ्यक्रम भित्र समावेश गर्नेभएको छ।

म्यासाचुसेट्स् राज्यको वाल्थामस्थित उक्त विश्वविद्यालयले वाणिज्यशास्त्र अन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीलाई विश्व मामिला बुझाउने पाठका रुपमा पुस्तकको चयन गरेको हो। यो पुस्तक केहि महिनाअघि मात्र पब्लिकेशन्स नेपालयले प्रकाशित गरेको थियो।

उक्त विश्वविद्यालयका प्राध्यापक डोनाल्ड मेक्नमारका अनुसार गौतमको जीवनी एक अन्तर्राष्ट्रिय प्रशासकका रोचक भोगाइहरुको सुरुचीपूर्ण वर्णन मात्र नभइ यसले संयुक्त राष्ट्रसंघको कार्यप्रणालीबारे समेत पाठकलाई विस्तारमा जानकारी गराउँछ।

‘पुस्तकले राष्ट्रसंघमा तपाइको यात्रालाई विशिष्ट तवरले बयान गरेको छ,’ प्राध्यापक मेक्नमारले पत्र लेख्दै गौतमलाई जानकारी दिएका छन्, ‘यसको रोचक र जानकारीमूलक पाटोले आकर्षित गरेपछि हामीले पाठ्यक्रममा समेट्ने निधो गरेका हौं।’

विश्वविद्यालय अन्तर्गतको ‘बिजनेश स्कुल’मा यसको पढाइ हुनलागेको हो। यो शिक्षण संस्था अन्तर्राष्ट्रिय जगतमा बाणिज्य शास्त्रका विद्यार्थीहरुलाई नयाँ नेतृत्वका हिसाबले तयार पार्न विश्व मामलामा दरिलो पहुँच, उच्च नैतिक बल र विषयगत समझमा केन्द्रित रहेको जानकारी पनि प्राध्यापक मेक्नमारले पत्रमा उल्लेख गरेका छन्। परिवर्तित विश्वमा यस किसिमका ज्ञान र समझले भरिएका नयाँ पुस्ताको अत्यन्त खाँचो महशुस गरेरै पुस्तकको चयन गरिएको उनले स्पष्ट पारेका छन्। उनका अनुसार यसै वसन्त ऋतुको नयाँ सत्रबाट यसको पठनपाठन थाल्ने हिसाबले बेन्टलेविश्वविद्यालयको पुस्तक पसललाई नेपालबाट मगाउन अह्राइसकिएको छ। 

यो जानकारीले आफूलाई सन् १९६८ देखि १९७१ सम्म ‘डार्टमथ कलेज’ पढ्दाको समय स्मरण गराएको लेखक कुलचन्द्र गौतमले बताएका छन्। गौतम त्यहाँ पढ्दा प्राध्यापक मेक्नमारबाट अत्यन्त प्रभावित रहेको जानकारी उनको पुस्तकमै समेत उल्लेखित छ।

‘त्यहाँ पढ्दा प्राध्यापक मेक्नमारका कक्षाहरुबाट मैले अन्तर्राष्ट्रिय कानुनका असाध्यै महत्वपूर्ण ज्ञान हासिल गर्ने मौका पाएको थिएँ। ती कक्षाहरुमा मलाई राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरुका काम कारवाहीबारे पनि पढाइएको थियो। त्यतिबेलै मेरो दिमागमा कुनै दिन राष्ट्रसंघको सेवागर्ने सपना पलाएको थियो।’ गौतमको पुस्तकमा उल्लेखित छ।

त्यसपछि नै गौतमले राष्ट्रसंघको सेवामा प्रवेश गरेपछि तीन दसकसम्म त्यहाँ बिताउँदै युनिसेफको उप कार्यकारी निर्देशक र राष्ट्रसंघकै सहायक महासचिवसम्मको ओहदा सम्हालेर अवकाश पाएका थिए। ‘जुन प्राध्यापकले मेरो भविष्य निर्माणमै महत्वपूर्ण भूमिका निर्वाह गरिदिएका थिए उनैबाट आज यस्तो समाचार प्राप्त गर्दा असाध्यै ठूलो सम्मान मिलेको महशुस भइरहेको छ,’ गौतम भन्छन्।

यो पुस्तक मुलुकभर सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा उपलब्ध रहेको जानकारी प्रकाशक ‘पब्लिकेशन्स नेपालय’ले दिएको छ। त्यसैगरि अमेजन डट कम मार्फत् विश्वभरका पाठकहरुको निम्ति ‘इ बुक’ र ‘प्रिन्ट अन डिमान्ड’मा समेत उपलब्ध छ। पाँच सय ४७ पृष्ठको पुस्तकलाई नेपालमा आठ सय ९५ रुपैयाँ मूल्य राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।