मंगलबार, चैत २४, २०८२

रियलबाटै सन्यास लिन चाहन्छु : मोड्रिच

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी– रुस विश्वकप २०१८ को उपविजेता क्रोएसियाका कप्तान लुका मोड्रिचले रियलमा रहरै खेल जीवनबाट सन्यास लिने इच्छा रहेको बताएका छन् । ‘म चाहन्छु की मेरो खेल जीवनको अन्त्य यहि होस् । त्यो मेरो लागि महत्वपूर्ण छ ।’ 

मोड्रिचले भने, ‘मैले माथिल्लो स्तरमा रहेर खेल्नु पर्छ । त्यो आफैंमा सहज छैन ।’ ३३ बर्षीय मोड्रिचले जारी सिजनको सुरुवातमा कमजोर प्रदर्शन गरेका थिए । 

ब्यालोन डी ओर विजेता मोड्रिचको सिजनको सुरुवातमा रियलसँग सम्झौताका विषयमा केहि असन्तुष्ट भएपछि उनी इन्टर मिलान जाने चर्चा पनि चलेको थियो । अहिले आएर भने उनले आफु रियलमा खुसी रहेकोको बताएका छन् । 

विश्व कप फुटबलमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मोड्रिडले व्यक्तिगत उत्कृष्ट यो वर्षका सबै अवार्ड जितिसकेका छन् । मैदान भित्रको व्यस्तताका कारण उनी केहि थकित भएको अनुमान गरिएको थियो । 

पछिल्लो समय भने उनी फेरि लयमा देखिएको विश्वास गरिएको छ । उनी लयमा फर्कदा घरेलु लिग र च्याम्पियन्स लिगमा रियलको चुनौति बलियो हुने अपेक्षा गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।