मंगलबार, पुस १, २०८२

आज तीज मनाइँदै, चौरचन पर्व पनि आजै 

 |  शुक्रबार, भदौ २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २१, २०८१

महोत्तरी- तीज र चौरचन पर्व आज एकैदिन परेको छ। भदौ शुक्ल तृतीया तिथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीका चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो। 

National life

तीज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन्। त्यसैगरी चौथी तिथिको चन्द्रोदय पनि आजै साँझ परेपछि मिथिलामा चौरचन पर्व आजै मनाइन पर्ने बर्दिबास–२ का महेशकुमार झाले बताए। “चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान छ, चौथी तिथिको चन्द्रोदय आजै हुनेहुँदा यसपालि तीज व्रत र चौरचन एकैदिन परेका हुन्”, उनले भने।

चौरचन पर्वमा आँगनमाझमा गाईको गोबरले लिपेर चामलको पिठोले बनाइएको अरिपन (चतुष्कोण) यज्ञस्थलमा दीप प्रज्वलित गर्दै वर्तालुले फलपूmल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने परम्परा छ। वर्तालुले दिनभरि निराहार व्रत बसेर चौथीका चन्द्रमालाई  खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल देखाएर यो पर्व सम्पन्न गर्छन्। चन्द्रदर्शनपछि इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद खुवाइने चलन छ।

यहाँको परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन छ। यो व्रत पुरुष महिला दुवैले गर्नसक्ने व्रत विधान छ। तर मिथिलामा सामान्यतया घरमूली महिला व्रत बस्ने गर्छन्। मिथिलामा चौरचन मुख्य पर्वमध्ये मानिन्छ।

भाद्र शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले झुठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने, चन्द्रमाको कृपाले कान्ति बढ्ने र जीवनमा सुखशान्ति प्राप्त हुने जनविश्वास छ। अघि द्वापरयुगमा राजा सत्राजितले उपहारमा प्राप्त गरेका श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत् महापुराण र कृष्णलीला माहात्म्यमा वर्णित छ। त्यसै बेलादेखि चौरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 06, 2024| 10:23 शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्