बुधबार, असोज ७, २०८३

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना

 |  आइतबार, भदौ १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १, २०८२

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना भएको जनाएको छ। ती घटनामा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने पाँच सय ८५ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार विपदमा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन्। देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन्।

त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन्।

प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढीका एक, पहिरोका आठ, अविरल वर्षाका चार, जनावर आक्रमणका तीन घटना घटेका छन्।

विपदमा परेर एक जनाको ज्यान गएको छ। अनुमानित क्षति ३८ लाख ४० हजार रुपैयाँ बराबर भएको छ। विपदबाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ। -रासस

प्रकाशित: Aug 17, 2025| 07:29 आइतबार, भदौ १, २०८२
प्रतिक्रिया दिनुहोस्