बुधबार, असार ३, २०८३

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

 |  आइतबार, भदौ १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १, २०८२
National life
Shivam cement

चितवन- सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्।

प्रकाशित: Aug 17, 2025| 06:58 आइतबार, भदौ १, २०८२
प्रतिक्रिया दिनुहोस्