बिहीबार, चैत २६, २०८२

बिग ब्यास लिगमा सन्दीपको चमत्कार, तीन खेलमा ७ विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछाने यतिबेला अष्ट्रेलियन टी-२० क्रिकेट लिग बिग ब्यास खेलि रहेका छन् । मेलबर्न स्टार्सबाट लिग खेली रहेका सन्दीपले यतिबेला बिग ब्यासमा चमत्कार देखाई रहेका छन् । 

लिगका तीन खेल खेलेका लेग स्पिनर सन्दीपले ७ विकेट लिएका छन् । उनले उक्त लिगमा आफ्नो पहिलो ओभरमा नै विकेट लिँदै सनसनि मच्चाई रहेका छन् । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध खेल्दै दुई विकेट लिए । 

दुबै विकेट एलबिडब्लुमा आउट गर्दै लिएका हु्न । आफ्नो पहिलो ओभरमा सिड्नी सिक्सर्सका कप्तान मोइसेस हेनरिकलाई पेभिलिएन फर्काएका थिए । हेनरिक १५ बलमा ९ जोड्दा सन्दीपको बलमा आउट भए ।

त्यसपछि उनले टोम कुरानलाई २ रनमा पेभिलिएनको बाटो देखाएका थिए । यस खेलमा उनले ४ ओभर गर्दै १८ रन खर्चेर २ विकेट लिएका हुन् । यो दुई विकेटसँगै सन्दीप विग ब्यासमा ३ खेलमा ७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शिर्ष स्थानमा उक्लिएका छन् ।

यसअघिको आफ्नो दोस्रो खेलमा तीन विकेट लिएका थिए । सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सविरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका हुन् । त्यस्तै आफ्नो डेब्यु खेलमा २ विकेट लिएका थिए ।

डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए । जारी लिगमा सन्दीपको तीन खलबाट ७ विकेट पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।