काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहिबार बिहान भएको खेलमा विभागिए टोली एपिएफ र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेकसमा सम्पन्न भएको खेलमा एपीएफ क्लब र च्यासलले १-१ को बराबरी खेलेका हुन् ।
पहिलो हाफमा अग्रता लिएको च्यासलले अग्रता जोगाउन नसक्दा एपिएफसँग बराबरी खेल्न पुगेका हो । च्यासलका लागि सन्त बहादुर गुरुङले गोल गर्दा एपिएफका लागि श्याम नेपालीले गरेको थिए ।
च्यसलले पहिलो हाफको ३० औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको च्यासलले दोस्रो हाफको सुरुवातमै गोल खान पुगेको थियो ।
खेलको ५४ औं मिनेटमा गोल गर्दै एपिएफ खेलदमा फर्कियो । निकै नै आक्रमक खेल प्रस्तुत गरे पनि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेलका १-१ को बराबरीमा सकिएको हो ।
यस बराबरीसँगे एपिएफको ५ खेलमा जित, २ खेलमा बराबरी र ४ खेलमा हार सहित १७ अंक पुगेको छ भने यता च्यासलले ४ खेलमा जित र हार तथा ३ खेलमा बरारी खेल्दै १५ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४