शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पदबहालीपछि के भने बोर्ड अध्यक्ष डीसीले ?

 |  सोमबार, भदौ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी (दाहाल)ले बोर्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन्।

himalayan bank box

भ्रष्टाचार गरेको महसुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने उनले बताए। सोमबार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उनले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताए। उनले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने बताए। उनले सात दिनभित्र आफ्ना कार्ययोजना प्रस्तुत गर्ने पनि बताए।

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाललगायतले सबै कुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महसुस गर्ने विश्वास व्यक्त गरे। कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाइको हिसाव्बले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताए। कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो। चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताए।

यसैगरी, कलाकार जितु नेपालले उपस्थित अन्य कलाकारले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै चलचित्र क्षेत्रले नयाँ परिवर्तन महसुस हुनेगरी काम गर्न सुझाव दिए।

प्रकाशित: Sep 02, 2024| 16:22 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्