काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका दुईवटा विभागलाई पूर्णता दिएका छन् ।
सोमबार देउवाले कर्णबहादुर बुढा प्रमुख रहेको नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
देउवाले दिनेश कोइराला प्रमुख रहेको आप्रवासी समन्वय विभागमा पनि सदस्य मनोनीत गरेका छन् ।