शनिबार, चैत २१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जिप्रका पर्साले सुपौली इलाका प्रशासन पुन: सञ्चालनमा ल्याउँदै

जिप्रका पर्साले सुपौली इलाका प्रशासन पुन: सञ्चालनमा ल्याउँदै

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका-४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ।

National life

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुँदै आइरहेको सेवाप्रवाह पुनः इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिए।

'इलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ', उनले भने।

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय एक करोड पाँच लाख ९९ हजार रूपैयाँ लागतमा निर्माण गरिएको छ।

यसअघि विसं २०७५ पुस ११ गतेदेखि सरकारले सुपौलीबाट सेवाप्रवाह गर्दै आएकामा विभिन्न कारणले केही समय सेवा स्थगित भएको थियो। इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ।

kumari

यहाँका जनताले वीरगञ्ज जान २७ किलोमिटर यात्रा गर्नु परिरहेको छ। पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने बताइएको छ।   -रासस

प्रकाशित: Sep 02, 2024| 18:01 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्