शुक्रबार, पुस ४, २०८२

काउन्सिल अध्यक्ष बस्नेतले उठाए प्रचण्डलाई प्रश्न 

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनअपेक्षा विपरित माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएकोप्रति प्रश्न उठाएका छन्। दुई ठूला दलको समिकरणले बनेको नयाँ सरकारको प्रचण्डले विरोध गर्दै आएका छन्। 

National life

नयाँ सरकारले बंगलादेश र श्रीलंकातिर हेर्नुपर्ने जस्ता प्रतिक्रिया प्रचण्डबाट आएकोतर्फ लक्षित गर्दै बस्नेतले आफू नेतृत्वमा हुँदा केही गर्न नसकेको, देश र जनता भुलेको टिप्पणी गरेका हुन्। 

सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले प्रधानमन्त्री हुँदा केही गर्न नसकेको तर सत्ता बाहिर हुँदा हुन लागेका काम र जनताका आशा रोक्न प्रचण्ड कुर्लिएको भन्दै टिप्पणी गरेका छन्। 

कवितात्मक शैलीमा उनले भनेका छन्, आफू  सर्वेसर्वा हुँदा आफै र परिवारतिर गुलियो, देश र जनता भुलियो भन्दै सञ्जालमा सडकमा पुगेपछि कुर्लिएकोमा गम्भीर प्रश्न उठाइएको छ।  

मिडियाको नियामक निकाय काउन्सिलमा बस्नेतलाई ओली नेतृत्वको अघिल्लो सरकारले अध्यक्ष नियुक्त गरेको थियो।
त्यसपछि माओवादी सरकारमा आएपछि विभिन्न समयमा उनलाई हटाउन खोज्दा असफल बनेको थियो।

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Sep 02, 2024| 07:11 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्