बिहीबार, भदौ ४, २०८३

बीमाको दायरा पाँच लाख कायम गर्न कांग्रेसको माग

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई रु पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागू गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिएको हो।

पार्टी केन्द्रीय समितिको बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलतालाई हटाइ सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न यस्तो माग गरिएको उल्लेख छ।
 

प्रकाशित: Sep 02, 2024| 07:17 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्