बिहीबार, भदौ ४, २०८३

शंखमूलको दोभान पुलबाट युवती बागमतीमा हामफालिन्

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

ललितपुरको च्यासल नजिकैको दोभान पुलबाट एक युवती बागमती नदीमा हामफालेकी छन्। आइतबार साँझ रुकुम पश्चिमको मुसीकोट घर भएकी २० वर्षीय अञ्जली शर्मा नदीमा हामफालेकी हुन्। 

वर्षापछि बाढीले उर्लिएको नदीमा हामफालेसँगै उनी बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनको खोजीमा प्रहरी जुटेको छ।

पुलभन्दा ठीक मुनी एउटा ‘सुसाइड नोट’ र झोला फेला परेको छ। सामान युवतीकै हो-होइन खुलेको छैन।

प्रकाशित: Sep 01, 2024| 20:31 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्