शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महासमिति बैठकका तीनवटै प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित

कांग्रेस महासमिति बैठकका तीनवटै प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

महासमिति बैठक गरेको ६ महिनापछि नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका तीनवटै प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत पारित गरेको छ। 

National life

महासमितिको बैठकमा प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनपछि आइतबार तीनवटै प्रस्ताव सर्वसम्मत रुपमा पारित भएका हुन्। उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा प्राप्त भएका सुझावका आधारमा परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो।

महाधिवेशनको मितिसहितको विषयलाई केन्द्रीय समितिले अगाडि बढाउने, एक्जिट पोलिसीसहितका विषयलाई सम्बोधन गर्नेसहित आवश्यक संसोधन गर्नका लागि विधान मस्यौदा समिति गठन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। 

सदस्यता वितरणलाई प्रभावकारी बनाउने, विदेशस्थित जनसम्पर्क समिति र भ्रातृ संस्थाको अधिवेशन गर्न निर्देशन समिति गठनसहितको निर्णय पनि कांग्रेसको बैठकले गरेको छ। 

बैठकले नेकपा (एमाले)सँग भएको नयाँ सत्ता समीकरणको सात बुँदे सहमितलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको निर्णय पनि गरेको छ। यसैगरी बैठकले संविधानका सबल र दुर्वल पक्षलाई हेर्दै संधिवान संशोधन गरेर संविधान कार्यान्वयनलाई प्रभावकारी ढंगले अगाढि बढाउने निर्णय पनि गरेको छ । 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 01, 2024| 19:42 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्