शुक्रबार, मंसिर १४, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • अतिक्रमण भएको बाल मन्दिरको जग्गा नियन्त्रणमा लिन प्रधानमन्त्री ओलीको निर्देशन

Siddartha premir insuranceSiddartha premir insurance

अतिक्रमण भएको बाल मन्दिरको जग्गा नियन्त्रणमा लिन प्रधानमन्त्री ओलीको निर्देशन

 |  आइतबार, भदौ १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)को देशभर छरिएर रहेको भौतिक सम्पतिको संरक्षण भए/नभएको हेरी आवश्यक कारबाही गर्न निर्देशन दिएका छन्।

himalayan bank box

नेपाल बाल संगठनका पदाधिकारीसँग आज सिंहदरबारमा छलफल गर्दै ओलीले बाल संगठनका नाममा देशभर भएका जग्गा, संरचना र सम्पत्ति सबैको सुरक्षा गरी अतिक्रमण भएको भए नियन्त्रणमा लिन निर्देशन दिएका हुन्।

उनले भने, ‘बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ। धनी पूर्जा बिना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ।’

ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन, गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे। ‘बाल संगठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ। उनीहरू स्वस्थ्य हुनुपर्छ। उचित शिक्षा र मायाा पाउनुपर्छ। त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ,’ उनले भने।

संगठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरिन्। उनका अनुसार हाल उक्त संगठनको आश्रयमा करिब तीन सय बालबालिका रहेका छन्।

Metro Mart
vianet

प्रकाशित: Sep 01, 2024| 17:12 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्