शनिबार, जेठ १६, २०८३

प्रकाश तामाङलाई घरमै लगेर दिइयो नागरिकता

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै लगेर नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्।

National life

प्रकाशलाई नागरिकता दिन वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए।

प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो।

प्रकाशलाई गोरखाका साहू टासी लामाले १० लाख रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेका छन्। उनी बसेको चुमनुव्री गाउँपालिकाले थप १ लाख रुपैयाँ प्रदान गर्ने बताएका छन्।

 

Shivam cement

प्रकाशित: Sep 01, 2024| 16:35 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्