बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • क्यान्सर रोगी महिला अस्पतालबाट हामफालिन्, उपचारको क्रममा मृत्यु

क्यान्सर रोगी महिला अस्पतालबाट हामफालिन्, उपचारको क्रममा मृत्यु

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

ललितपुर- थाइराइडको क्यान्सरको उपचार गराइरहेकी एक महिलाको अस्पतालको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको छ। ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा भर्ना भएकी महिला शनिबार अस्पतालबाट हामफालेकी थिइन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ हामफालेर गम्भीर घाइते भएपछि पाटन  अस्पताल भर्ना गरिएकोमा आएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

गत साउन २४ देखि क्यान्सर अस्पतालमा उपचाररत उनी शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलाबाट हामफालेकी थिइन्।

प्रकाशित: Sep 01, 2024| 13:02 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्