शनिबार, चैत २१, २०८२

विद्यालयको होस्टलमा विद्यार्थी मृत भेटिए

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिएका छन्।

National life

शनिबार बेलुका ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

मृतक मोरङका २९ वर्षीय सकुल मर्डी हुन्। उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ। घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।

मृतक छारे रोगको बिरामीसमेत रहेको खुलेको छ। यद्यपि मृत्युको कारणबारे पोष्टमर्टमपछि मात्रै खुल्नेछ।

 

kumari

प्रकाशित: Sep 01, 2024| 12:49 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्