काठमाडौं- चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक ठोक्किँदा ट्रक ड्राइभरसहित तीन जना घाइते भएका छन्।
घाइते हुनेहरूमा चालक धादिङ रोराङ गाउँपालिका- ३ बस्ने २८ वर्षीय राजन क्षेत्री, बाराको आदर्शकोतवाला गाउँपालिका ५ बस्ने वर्ष ३० वर्षीय मन्ज रावल बराई र उनका ६ वर्षीय छोरा आशिष रावल बराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भारतीय नम्बर प्लेटको बसमा ४८ जना सवार थिए। बसमा सामान्य क्षति भएको छ।