शुक्रबार, पुस ४, २०८२

मकवानपुर र चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

National life

मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै

चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ। ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ। चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको छ।

मकवानपुरको हात्तीसुँडै, हेटौंडा, चितवनको कल्याणपुर, शक्तिखोर, देवघाट वर्षा मापन केन्द्रमा भारी वर्षा भएकोले सो जिल्ला भई बहने लाल बकैया नदी, दुधौरा खोला, रिउ खोला र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनु पर्नेछ।

प्रकाशित: Sep 01, 2024| 07:09 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्