आइतबार, असार १५, २०८२

केरा बगानमा दुई बालिका मृत फेला, आमा सम्पर्कविहीन

 |  शनिबार, भदौ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १५, २०८१

vianetvianet

मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्। सुन्दरहरैंचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन्।

उनीहरुको आज करिब साढे चार बजे फेला शव परेको हो। अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका अर्पणा कार्की र आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन्। 

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए। उनी बसेको स्थान नजिकै घर पनि बनाउँदैछन्।

प्रहरीका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो। विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन्। बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ। मृतक दुवै बालिकाको शवमा कुनै चोट पटक छैन। बालिकाका बुबा अर्जुन प्रहरीको सम्पर्कमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 31, 2024| 19:35 शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्