शनिबार, चैत २१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नुवाकोटमा केन्द्रीय कारागार उद्घाटन गर्दै गृहमन्त्रीले भने- उद्योगको रुपमा विकास गर्छौं

नुवाकोटमा केन्द्रीय कारागार उद्घाटन गर्दै गृहमन्त्रीले भने- उद्योगको रुपमा विकास गर्छौं

 |  शनिबार, भदौ १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १५, २०८१

गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभई उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन्। शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन्।

National life

उनले भने, "गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काममध्ये नुवाकोटमा रहेको कारागार सञ्चालन गर्ने हाम्रो सय दिनमा गर्ने काम मध्येको एक हो। यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्नेछौं। यहाँ प्रशस्त जग्गा छ त्यसको उपयोग गर्ने हो। कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ। यसले कैदीबन्दीको आर्थिक उपार्जन हुन्छ भने त्यो समान बाहिर लगेर बिक्री गर्दा यो ठाउँको पनि आर्थिक विकास हुन्छ।"

कारागारमा ठूलो संख्यामा मान्छे बस्ने भन्दै उनले त्यसले यहाँको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे। "यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ। यसले यहाँको आर्थिक विकास हुन्छ", गृहमन्त्री लेखकले भने।

कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो। 

पाँचमध्ये पहिलो युनिट (एक हजार तीनसय ७० जना क्षमता) को निर्माण पूरा भएसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो।

kumari

central-jail-1723696513.jpg
 

प्रकाशित: Aug 31, 2024| 18:13 शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्