शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • घेवाबाट फर्किंदा ६५ वर्षे वृद्धको हातबाट आफ्नै साथीको ज्यान गएपछि...

घेवाबाट फर्किंदा ६५ वर्षे वृद्धको हातबाट आफ्नै साथीको ज्यान गएपछि...

 |  शनिबार, भदौ १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १५, २०८१

साथीको हत्या आरोपमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

National life

नुवाकोटको म्यागङ गाउँपालिका–३, गोगनेका ६५ वर्षीय चमार तामाङको हत्या गरेको आरोपमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार शनिबार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुंगा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, आरोपितबाट घटनामा संलग्न रहेको स्वीकारसहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाही थालेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Aug 31, 2024| 16:29 शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्