आइतबार, असार १५, २०८२

कलंकीमा बसले किचेर स्कुटर चालकको मृत्यु

 |  शनिबार, भदौ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १५, २०८१

vianetvianet

काठमाडौंको कलंकीमा मोटरसाइकलको ठक्करपछि लडेका अवस्थामा बसले किच्दा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुने विष्णुबहादुर घर्तीमगर हुन्।

पाल्पा घर भएका ४४ वर्षीय घर्तीमगरको शनिबार बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शनिबार बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्प नजिक बा ९५ प ७६३५ नम्बरको स्कुटरमा सवार घर्तीमगरलाई बसले ठक्कर दिएको थियो। शुरूमा बा ५३ प ९६८० नम्बरको पल्सर मोटरसाइकल चलाइरहेका व्यक्तिले स्कुटरमा सवार घर्तीमगरलाई ठक्कर दिएका थिए। ठक्कर दिएर लडेको अवस्थामा बसले किचेर उनको मृत्यु भएको हो।

प्रहरीले उक्त बस र बसका चालक नुवाकोटको विदुर नगरपालिका घर भई सतुंगल बस्दै आएका सन्तोष खड्कालाई नियन्त्रणमा लिएको छ। मोटरसाइकलचालक भने आफ्नो सवारीसाधन छोडेर घटनास्थलमै छाडेर फरार भएका छन्। मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Aug 31, 2024| 16:24 शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्