शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल भाषा केन्द्रीय विभागको वार्षिकोत्सवमा प्रा. प्रेमशान्ति तुलाधर सम्मानित

नेपाल भाषा केन्द्रीय विभागको वार्षिकोत्सवमा प्रा. प्रेमशान्ति तुलाधर सम्मानित

 |  शनिबार, भदौ १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १५, २०८१

काठमाडौं- नेपाल भाषा केन्द्रीय विभागले आफ्नो ४४ औं वार्षिकोत्सव मनाउने क्रममा प्राध्यापक प्रेमशान्ति तुलाधरलाई सम्मानित गरेको छ।

National life

नेपाल भाषा, साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पु्र्‍याएबापत तुलाधर सम्मानित भएकी हुन्। उनलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले वैकुण्ठ लाकौल पुरस्कारबाट पुरस्कृत गरिन्।

नेपाल भाषा कवितामा रोमानीवादका प्रारम्भकर्ता एवं नेपाल भाषा साहित्य शिरोमणि वैकुण्ठप्रसाद लाकौलले नेपाल भाषा, साहित्य, संस्कृतिको उत्थान गर्ने उद्देश्यले ३९ वर्षअघि स्थापना गरेको वैकुण्ठ लाकौल पुरस्कारको यो १२ औं संस्करण हो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री श्रेष्ठ, नेपाल भाषा केन्द्रीय विभागका प्रमुख सहप्रा.डा. राजनलाल जोशी र वैकुण्ठ लाकौल पुरस्कार समितिका संरक्षक श्रीकण्ठ लाकौलले नगद राशि, प्रमाणपत्र तथा खादा ओढाएर तुलाधरलाई सम्मान गरेका थिए।

कार्यक्रममा गत तीन शैक्षिक सत्रमा नेपाल भाषा स्नाकोत्तरमा उत्कृष्ट अंक ल्याउने छात्राहरू कृष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठलाई चैन लाकोल पुरस्कारले सम्मान गरियो।

Laxmi sunrise bank
kumari

विभाग प्रमुख एवं पुरस्कार समितिका अध्यक्ष सहप्रा.डा. जोशीले बागमती प्रदेशमा नेपाल भाषा सरकारी कामकाजी भाषा घोषित भइसकेको हुँदा यदि सरकारी निकायलाई जनशक्ति आवश्यक भएमा विभागले सहयोग गर्ने प्रतिबद्धता जनाए।


 

प्रकाशित: Aug 31, 2024| 14:12 शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्