सोमबार, साउन ११, २०८३

ओडीआईमा सर्वाधिक रन बनाउने नेपालका तीन खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालका तीन खेलाडी वान डे अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा परेका छन् । ओडीआईमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडीमा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र पारस खड्का परेका हुन् । 

दिपेन्द्र सिंह ऐरी नेपालबाट वान डे क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो ब्याट्सम्यान हुन् । मिडिल अडरका भरपर्दा युवा खेलाडी ऐरीले ३ वान डे खेलमा ९२ रन जोडेका छन् । 

७१.३१ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ७ चौका र १ छक्का प्रहार गरेका उनले नेदरल्यान्डसँगको डेब्यू खेलमा ३३ र दोस्रो खेलमा १९ रन जोड्दा युएईविरुद्ध ४० रन जोडेका थिए ।

त्यस्तै तीव्र गतिका बलर तथा तल्लोक्रममा ब्याटिङ गर्ने सोमपाल कामी ओडीआई क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् । उनले ३ खेलमा ९८.८७ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ८८ रन जोडेका छन् । ४ छक्का र ६ चौका प्रहार गरेका उनले नेदरल्यान्डसँगको दोस्रो खेलमा ६१ रन जोडे । युएईसँगको खेलमा २७ रनमा नट आउट रहे ।

कप्तान पारस खड्का सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । पारसले ३ वान डे मा ७९ रन जोडेका छन् । जस्मा १० चौका र २ छक्का समावेश छ । ७१.८१ स्ट्राइकरेटमा ब्याटिङ गरेका पारसले नेदरल्यान्डसँगको डेब्यूमा १२ र दोस्रो खेलमा ५१ रन जोडे । युएईसाग पारसले १६ रन मात्र बनाउन सकेका थिए । 

नेपालले हाल सम्म ३ वटा मात्र वान-डे खेल खेलेको छ । अगस्ट १ मा नेदरल्यान्डसँग ओडीआई डेब्यू गरेको नेपालले हालसम्म ३ खेल मात्र खेलेको छ । नेदरल्यान्डसँग २ र युएईसँग १ ओडीआई म्याच खेलिको हो । नेपालले जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर गत मार्च १५ मा चार वर्षका लागि ओडीआई मान्यता पाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।