मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिगमा आज शीर्ष स्थानका ९ खेल हुँदै, कसको प्रतिद्वन्द्वी को ?

प्रिमियर लिगमा आज शीर्ष स्थानका ९ खेल हुँदै, कसको प्रतिद्वन्द्वी को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति ९ खेल हुँदैछन् । उक्त खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका शीर्ष क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

बुधबार बेलुका ६:१५ बजे फुलहाम र वोल्भस्बीचको खेल हुँदै छ । त्यसपछि नेपाली समय अनुसार ८:४५ बजे प्रिमियर लिगका ५ खेल हुँदै छन् । जसमा शीर्ष स्थानको लिभरपुलले १५ औं स्थानको न्युकासल युनाइटेडसँग घरेलु मैदानमा खेल्दैछ । 

न्युकासलविरुद्ध मैदान उत्रदा लिभरपुललाई शीर्ष स्थानको अग्रता कायम राख्ने अवसर हुनेछ । न्युकासललाई हराए लिभरपुलले आफ्नो ४ अंकको अग्रता यथावत राख्नेछ । यस्तै सोहि समय दोस्रो स्थानको म्यानचेस्टर सिटीले लेष्टर सिटीसँग खेल्दैछ । 

सिटी लेष्टरलाई हराएर शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । यता, लेष्टर सिटीलाई रोक्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । नवौं स्थानमा रहेको लेष्टरको २५ अंक छ । 

लिगको तेस्रो स्थानमा रहेको टोटेनहमले बर्नेमाउथसँग वेम्बली स्टेडियममा खेल्नेछ । ४२ अंक जोडेको टोटेनहम जित निकाल्दै लिभरपुल र म्यानचेस्टर सिटीविरुद्ध दबाब बढाउँन चाहन्छ । 

त्यस्तै राति ११ बजे आर्सनलले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । पाँचौ स्थानको आर्सनल ब्राइटनलाई हराएर चौथो स्थानमा उक्लन चाहन्छ । प्रशिक्षक ओले गुनर सोल्सायरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । 

जुन खेल सोल्सायरको दोस्रो खेल हुनेछ । हडर्सफिल्डविरुद्ध युनाइटेड जित निकाल्दै लिगको शीर्ष पाँच टोलीसंग अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । लिगको छैटौं स्थानमा रहेको युनाइटेडको २९ अंक छ । युनाइटेड आफ्नो खराब लएलाई सुधार गर्न चाहन्छ । 

चेल्सीले वाट्फोर्डसँग उसैको मैदानमा खेल्दैछ । चेल्सी र वाट्फोर्डबीचको खेल राति १:१५ मा सुरु हुनेछ । वाट्फोर्डलाई हराएमा चेल्सीले शीर्षस्थानको क्लबसँगको अंक दुरी कम गर्नेछ । चौथो स्थानको चेल्सीको ३७ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।