बिहीबार, चैत २६, २०८२

ब्रिगेडमाथि हिमालयनको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- बुधबार भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाईजलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेकसमा भएको खेलमा हिमालयनले ब्रिगेडलाई ४-१ गोलको फराकीलो अन्तरले पराजित गरेको हो ।  

दुबै टोलीले पहिलो हाफ गोल रहित बरारबी खेलेका थिए । तर, दोस्रो हाफमा दुबै टोलीबाट ५ गोल सम्भब भएका थिए । उक्त खेलमा हिमालयनले ४ गोल गर्दा ब्रिगेडले एक गोल गर्यो ।

हिमालयनले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै गोल गरेको थयो । हिमालयनलाई सुृरुवाती अग्रता विदेशी खेलाडी गोहा प्याट्रीकले दिलाए । ५४ औ मिनेटमा बिशोन गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । 

तेस्रो गोल विश्वास श्रेष्ठले गरे । उनले ६१ औ मिनेटमा कर्ण लिम्बुको प्रहार गोलकिपरले क्लियर गर्न नसक्दाँ विश्वासले खोसेर गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ८० औ मिनेटमा विश्वासले व्यक्तीगत दोस्रो गोल गर्दै ब्रिगेडविरुद्ध ४-० को अग्रता बनाए ।

तर, खेल सकिन ३ मिनेट बाँकी छदाँ ब्रिगेडले एक गोल फर्कायो । अनिल राईको पास सदुपयोग गर्दै बर्तमान राईले ब्रिगेडको तर्फबाट शानत्वना गोल फर्काएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।