मंगलबार, चैत २४, २०८२

उत्कृष्ट फ्रान्सेली खेलाडीको उपाधि एमबाप्पेलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पेले उत्कृष्ट फ्रान्सेली खेलाडीको उपाधि जितेका छन् । उनले रियल म्याड्रिडका राफेल भाराने र एन्टोइन ग्रिजमनलाई पछि पार्दै उपाधि जितेका हुन् ।

फ्रान्सलाई फिफा विश्वकप २०१८ को उपाधि दिलाउन एमबाप्पे, ग्रिजमन र भारानेले महत्त्वपूर्ण भुमिका खेलेका थिए । उनले उत्कृष्ट युवा खेलाडी घोषित हुँदै कोपा अवार्ड पनि हात पारे ।

उनले पीएसजीबाट खेल्दै फ्रान्सेली लिग, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले सबै प्रतियोगितामा गैरे ३४ गोल गरे । पछिल्लो वर्ष चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले सो उपाधि जितेका थिए । 

सन् १९५९ देखि प्रदान गरिँदै आएको यस पुरस्कारलाई प्रतिष्ठित फ्रान्स फुटबल म्यागजिनले आयोजना गर्दै आएको छ । विगतमा फ्रान्समा खेल्दै आएका फ्रान्सेली खेलाडीलाई मात्र मनोनयनमा राखिने गरिएको थियो । 

अहिले भने अन्य लिगमा खेल्ने खेलाडीलाई पनि मनोनयन गर्ने प्रावधान रहेको छ । अवार्डको छिनोफानो उपाधिकै पूर्व विजेता र म्यागजिनको सम्पादक समूहले गर्दै आएका छन् । २० वर्षीय एमबाप्पेले केहि साताअघि सम्पन्न ब्यालोन डी’ओरमा पनि मतको आधारमा चौथो स्थान हासिल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।