बुधबार, पुस २, २०८२

मोटरसाइकल दुर्घटनामा सिनियर हवल्दारको मृत्यु

 |  सोमबार, भदौ ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३, २०८१

National life
Laxmi sunrise bank
kumari

चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ।

खैरहनी–८ बाबा पेट्रोल पम्पस्थित पूर्व पश्चिम राजमार्गमा मनहरिबाट खोले सिमलतर्फ जाँदै गरेको बागती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए।

श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 19, 2024| 08:06 सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्