शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान

 |  आइतबार, भदौ २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २, २०८१

काठमाडौं- परराष्ट्र मन्त्री आरजु राणा आइतबार भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री राणा आइतबार बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

himalayan bank box

परराष्ट्र मन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो। उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतले विदाइ गरे। मन्त्री राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कनेछिन्।

प्रकाशित: Aug 18, 2024| 13:23 आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्