शुक्रबार, असार १३, २०८२

चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु

 |  आइतबार, भदौ २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २, २०८१

vianetvianet

रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन्।

आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका–२ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पा अनुसार पहिरोमा परी  रोल्पा नगरपालिका – १० धाङ्सी घर भई सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो।       

सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्ती मगर घाइते भएकी छन्। घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी छ।
 

प्रकाशित: Aug 18, 2024| 09:36 आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्