शनिबार, जेठ १६, २०८३

कोटिहोमको अन्तिम दिन लफडा, खाली हात फर्कियो प्रहरी

 |  शनिबार, भदौ १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १, २०८१

काठमाडौं- पशुपति मन्दिर परिसरमा आयोजित कोटिहोम स्थलमा शुक्रबार राति तनाव सिर्जना भएको छ।

National life

कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजय कृष्णमुर्तिको खोजी गर्दै प्रहरी प्रवेश गरेपछि तनाव सिर्जना भएको हो।

शुक्रबार नै कोटिहोम सकिएको थियो। तर पनि भक्तजनहरुको उपस्थिति उल्लेख्य थियो। समर्थकहरुको हुलहुज्जतपछि प्रहरीले कृष्णमूर्तिलाई समात्न सकेन। उनलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको प्रहरीले बताएको छ।

भण्डारीले प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्रका विषयमा प्रहरीले सोधपुछ गर्न चाहेको थियो। ठगी मुद्दामा दोषी प्रमाणित भएर जेल सजायसमेत भुक्तान गरेका भण्डारीले प्रहरीबाट चरित्रको प्रमाणपत्र लिएको सार्वजनिक भएको छ।

प्रमाणपत्रमा प्रहरी प्रधान कार्यालयका निरीक्षक उद्धव पोखरेलको हस्ताक्षर देखिन्छ। यही प्रमाणपत्र शंकास्पद लागेपछि प्रहरीले बुझ्न खोजेको थियो।

Shivam cement


 

प्रकाशित: Aug 17, 2024| 08:33 शनिबार, भदौ १, २०८१
प्रतिक्रिया दिनुहोस्