बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारतसँग फाइनल खेलेको महिला भलिबल टिमलाई जनही तीन लाख पुरस्कार

भारतसँग फाइनल खेलेको महिला भलिबल टिमलाई जनही तीन लाख पुरस्कार

 |  शुक्रबार, साउन ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं- सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ।

National life

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो।

यसैगरी ५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनालाई नेपाल कानुन व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय भएको छ ।

kumari

प्रकाशित: Aug 16, 2024| 15:42 शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्