शनिबार, जेठ १६, २०८३

खुम्बु क्षेत्रमा भीषण बाढी, बगायो दुई होटल

 |  शुक्रबार, साउन ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३२, २०८१

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित भीषण बाढी आएको छ। स्थानीयका अनुसार बाढीले दुईवटा होटल बगाएको छ।

National life

मानवीय क्षति भएको सूचना भने आएको छैन। हिमताल फुटेको अथवा हिमपहिरो गएको यकिन भइसकेको छैन। घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।

जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

थुलुङ दुधकोसी गाउँपालिकाले पनि सूचना जारी गरेर थामे क्षेत्रमा आएको बाढीका कारण केही घर बगाएको सूचना प्राप्त भएको जनाएको छ। गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा अस्न आग्रह गरेको छ।

जलवजायु विज्ञ धर्मराज उप्रेतीले सामाजिक सञ्जालमा लेख्दै त्यस क्षेत्रमा वर्षा भएको अवस्था नहुनाले हिमताल फुटेको वा पहिरोले नदी केही समय थुनिएर आएको हुन सक्ने बताएका छन्। विगत १२ घण्टायता उक्त क्षेत्रमा वर्षा भएको छैन।

Shivam cement

 

प्रकाशित: Aug 16, 2024| 15:36 शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्