बिहीबार, चैत २६, २०८२

गठ्ठाघरमा यसरी भएको थियो विभत्स दुर्घटना [भिडियो]

 |  शुक्रबार, साउन ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३२, २०८१

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। गठ्ठाघर पुल नजिकै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि दुर्घटना भएको भिडियोमा देखिएको छ। 

National life

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशामा गइरहेको ना ६ ख २१७३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको थियो। मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन्। 

फुटेजको दृश्यअनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ। ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको छ। 

यस्तो दुर्घटनालाई ‘ब्लाइन्ड स्पट’ भनिन्छ। ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीको आकलन छ।

प्रकाशित: Aug 16, 2024| 12:47 शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्