शनिबार, जेठ १६, २०८३

यी हुन् गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने व्यक्ति

 |  शुक्रबार, साउन ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३२, २०८१

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ। मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको प्रहरीले बताएको छ।

National life

यसअघि प्रहरीले नै मृतक महिला भएको थियो। मृतकले लगाएको कपडाको आधारमा प्रत्यक्षदर्शीले पनि मृतक महिला नै भएको दाबी गरेका थिए। हिजो बेलुका भने प्रहरीले मृतक पुरुष भएको जानकारी दिएको थियो।

आज भने मृतकको पहिचान पनि भएको छ। करिब ५५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ। कपन बस्दै आएका कोइराला सवार बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि करिब ५ घण्टा गठ्ठाघर क्षेत्र तनावग्रस्त बन्यो।

गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन्।

Shivam cement

प्रकाशित: Aug 16, 2024| 10:06 शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्