शुक्रबार, साउन ३०, २०८२

म्याग्दीमा एक वर्षमा बने आठवटा झोलुंगे पुल

 |  शुक्रबार, साउन ३२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३२, २०८१

vianetvianet

म्याग्दी- आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठ झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन्। 

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टीबीएसयू, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन्।

झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएको जानकारी दिइन्।

मालिका गाउँपालिका- ६ को म्याग्दीखोलामा ११४ मिटर, मङ्गला गाउँपालिका–५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका- ७ को म्याग्दीखोलामा १०१ मिटर, धवलागिरि–४ खोलाखर्कमा ११२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर्माण भएको हो। 

यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्वार तातोपानी कुण्ड जाने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो। 

Metro Mart

बेनी नगरपालिका-७ मङ्गलाघाटस्थित म्याग्दीखोलामा निर्माणाधीन ४६ मिटर लामो पुलको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिका-८ को लामो खोसेरा खोलाको ३२ मिटर लामो पुलको ६५ प्रतिशत र मालिका-४ मा ७० मिटर लामो कुमालघारे खोला पुलको ३० प्रतिशत निर्माण सकिएको छ।

प्रकाशित: Aug 16, 2024| 09:01 शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्