मंगलबार, पुस १, २०८२

गट्ठाघर दुर्घटनामा पर्ने महिलाको पुनः सनाखत गरिँदै

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

भक्तपुरको गट्ठाघरमा आज दिउँसो भएको दुर्घटनामा ज्यान जाने महिलाको पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया थालेको छ।

National life

यसअघि दोलखाको मेलुङ गाउँपालिका-४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेको छ। 

आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती प्रहरीको सम्पर्कमा आएकी छन्। प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ।

दुर्घटनामा परेको स्कुटरको सवारी दर्ता किताब (ब्ल्युबुक) ओखलढुंगाका उत्तम सिलवालको नाममा रहेको पाइएको छ। यस्तै दुर्घटनास्थलमा रमेश न्यौपानेको नाममा ट्राफिकले काटेको चिट पनि फेला परेको छ।

बिहीबार दिउँसो २ बजेतिर गट्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई निकै परसम्म घिसारेको थियो। मृतकको शरीर क्षतविक्षत भएको थियो।

Laxmi sunrise bank
kumari

ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै त्यहाँ जम्मा भएका स्थानीयले ट्राफिकविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए। आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउने प्रयास 

प्रकाशित: Aug 15, 2024| 20:11 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्