मंगलबार, पुस १, २०८२

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

जुम्ला- जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन्।

National life

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए।

दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०, कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन्। गत आवमा २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

यसैबीच, उक्त कार्यालयले  गत आवमा आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न  सीपमूलक तालिम प्रदान गरेको जनाएको छ। रासस

प्रकाशित: Aug 15, 2024| 20:01 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्