आइतबार, मंसिर २८, २०८२

झापामा सात लाखका अवैध सामान बरामद

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

झापा- स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका सात लाख ६७ हजार रूपैयाँ बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ।

National life

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए। 

बुधबार बेलुका विर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका प्रयोग भइसकेका विलविजक नभएका १२ थान मोबाइल बरामद गरिएको हो।

गैरकानूनी काममा प्रयोग भएको गाडी र त्यसका चालक मेचीनगर नगरपालिका-१० का सुर मुखियालाई पनि भन्सार कार्यालय पठाएको छ।

यसैगरी, बुधबार नै मेचीनगर नगरपालिका-६ काँकडभिट्टा हुँदै भन्सार छलेर ल्याइएका तामाका जग, बालबालिकाका जुत्ता, चप्पल र ५५ किलो सुपारी पनि बरामद गरिएको जनाइएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 15, 2024| 19:31 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्